बिहीबार, साउन ७, २०८३

‘गौतमबुद्ध विमानस्थलको महत्व दिनप्रतिदिन बढ्दैछ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा -नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व दिनप्रतिदिन बढ्दै गएकाले प्राथमिकताका साथ निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताएका छन् ।

विमानस्थल निर्माण कार्यको निरीक्षण गर्दै प्रचण्डले बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको बताए । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रिय गौरबको आयोजनाको काम  समयमै र गुणस्तरीय बनाउन निर्देशन पनि दिए। ‘गौरवका आयोजनाहरु समयमै नहुने, गुणस्तरीय नहुने र आन्तरिक किचलो हुनेहुँदा देशभरका आयोजनाममा बेला बेला समस्या देखिएको देखिएका छन् । यस्तो समस्या गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नहोस्’, प्रचण्डले भने, ‘समयमै काम सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने व्यवसायी तथा आयोजना प्रमुखलाई प्रोत्साहनका गर्नेछ । समयमै काम गर्नेलाई हामी सम्मान गछौं ।’

भैरहवा विमानस्थल निर्माणको कार्य सन्तोष जनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने उनको  भनाई थियो । सो अवसरमा आयोजनाका राष्ट्रिय गौरबको आयोजनाका निर्देशक प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पादैं ५५ प्रतिशत काम सम्पन्न भएको बताएका थिए ।

कार्यक्रममा भैरहवामा निर्माणाधीन विमानस्थल शून्य भिजिबिलिटिमा समेत उडान भर्नेगरी तयारी गरिएको क्यानका महानिर्देशक सन्जिब गौतमले जानकारी दिए । सन् २०१९ देखि यो विमानस्थलबाट वाइडबडी जहाजले उडान भर्ने पनि गौतमले बताए ।

दाहालसंगै नेकपा महासचिब विष्णु पौडेल, कृर्षी मन्त्री चन्द्रप्रकाश खनाल,  पुर्वमन्त्री टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा , पुर्वसभामुख ओनसरी घर्तिसहित, प्रदेश सरकारका मन्त्री भैरहवा आएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।