बिहीबार, साउन ७, २०८३

डेढ करोडको लगानीमा नर्सरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- डेढ करोडको लगानीमा एक व्यवसायीले नर्सरी सन्चालन गरेका छन्। तिलोत्तमा नगरपालिका वडा नम्बर ५ रुपन्देहीका सुरज गुप्ताले २ विगाह क्षेत्रफलमा उक्त नर्सरी सन्चालन गरेका हुन्।

सुरुमा १० लाखबाट उक्त व्यवसाय सन्चालन गरेका गुप्ताले कृषी विकास बैंकको सहुलियत दरको ऋण सहयोगमा उक्त नर्सरीलाई अझै व्यवस्थित गरेका हुन्।

सात जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको सत्यसाई नर्सरीमा मौसमी र सजावट दुवै किसीमका फुल, फल पाइन्छन्। नर्सरी सन्चालक गुप्ताका अनुसार उक्त नर्सरीमा मौसमी फुल फलमा सयपत्री, पिटुनिया, ड्यान्थस, कार्नेशन, साल्थीया, जार्जरीया, गुलाब, गुर्धौलि, डालिया जस्ता ५० प्रजातिका फुलहरु पाइन्छन्। फुलहरु अधिकांश हल्यान्ड र डेनमार्कबाट आयत भएका हुन्।
 
यसैगरी सजावटका बगनबेली, हेभीस्कस, अलमण्डा, जरभेटा, गोल्डेन बुस लगायत ५५ प्रजातिका पाइन्छन्। नेपाल र भारतका सजावट प्लान्ट उक्त नर्सरीमा रहेका छन्।

यसैगरी २५ प्रजातिका आँप, छ प्रजातिका अम्बा, ४ प्रजातिका लिचि र जामुन, कागती तथा अमलाका विरुवा पनि पाईने गुप्ताले बताए। गुप्ताले भने , ‘शुरुमा सानोतिनो गरेका थियौं, कृर्षी विकास बैंको सहुलियत दरको क्रृण सहजै पाएपछि व्यवसाय फस्टाईरहेको छ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।