बुधबार, कात्तिक ५, २०८२

१४ लाखसहित २५ जुवाडे पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Kumaribank
Metro Mart
काठमाडौं-  तिहार नजिकिएसँगै जुवाडे पक्राउ पर्ने क्रम बढीरहेको छ। शुक्रबार राति प्रहरीले काठमाडौं र पोखरा गरी करिब १४ लाखसहित २५ जना जुवाडे पक्राउ परेका छन्। 

काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका-६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले रु एक लाख ८२ हजार ८७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको हो। शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा तास खेलिरहेका बेला ताससहित पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए। 

धनकुटा घर भई काठमाडौँ थली बस्ने ४१ वर्षीय मानबहादुर माझी, नुवाकोट घर भई साँखु बस्ने ३२ वर्षीय बाबुराम तामाङ, काभ्रे घर भई साँखु बस्ने ३५ वर्षीय सुरेश लामालगायत १४ लाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ। 

नियन्त्रणमा रहेका उनीहरूलाई महानगरीय प्रहरी बृत बौद्ध लगिएको र कारबाहीका लागि अनुसन्धान भइरहेको बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। 

त्यसैगरी पोखराको बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ। 

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई घर भई नयाँबजार बस्ने ३० वर्षीय सुनिल प्रसाद, मोतिहारीका ४२ वर्षीय राजुप्रसाद जैसवाल, २८ वर्षीय अमरेन्द्र कुमार, २५ वर्षीय लवकुश कुमार, ३२ वर्षीय रम्भुप्रसाद, ४० वर्षीय धमेन्द्र प्रसाद, २९ वर्षीय पप्पु जैसवाल र भारतकै शिवर जिल्ला घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवनाथ पण्डितलगायत रहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।