मंगलबार, साउन २६, २०८३

मुस्ताङे राजाका छोराको बिहेमा सार्वजनिक बिदा

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- मुस्ताङको लोमन्थाङ गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ। मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिट्टी पलवर विष्टका छोराको बिहे हुने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

विष्टका छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमान्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले बिदा दिइएको सूचनामा उल्लेख छ।

प्रकाशित: Jul 02, 2023| 17:51 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...