काठमाडौं- मुस्ताङमा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हल्का वर्षासँगै हिमपात भएपछि स्थानीय रमाएका छन्। खासगरी किसान र होटल व्यवसायी उत्साहित छन्।
हिउँद यामको सुरुवाती चरणमै हिमपात भएकोले किसानलाई राहत भएको छ। होटल चलाउनेहरु पनि हिउँ खेल्न पर्यटक आउने अपेक्षामा छन्।