बिहीबार, साउन ७, २०८३

श्रीमतीको हत्या गरी श्रीमान फरार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गुल्मी- जिल्लाको मदाने गाउँपालिका-६ पनाहा निवासी ३२ वर्षिय दुर्गा नेपालीले आफनै श्रीमती ३१ वर्षिय सिता नेपालीलाई हत्या गरि फरार भएको छन्। 

 जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतका अनुसार नेपाली शुक्रबार बिहान श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका हुन्। श्रीमतीको हत्य गरेर फरार श्रीमानको खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

घटना स्थल गुल्मीसँगै छिमेकी अर्घाखाँची र प्युठान जिल्ला नजिकै पर्दछन् । घटना बारे थप बुझनको लागि प्रहरी उपरिक्षक बस्नेत सहित जिल्लाबाट टोली घटना स्थल तर्फ लागेको छ। घटना बारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने प्रहरी उपरिक्षक बस्नेतले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।