काठमाडौं- राजधानीबाट प्रकाशित पत्रपत्रिकामा विभिन्न विषयलार्इ प्राथमिकता दिएर समाचारहरु छापिएका छन्।
शनिबार प्रकाशित नयाँ पत्रिका दैनिकमा ६८ वर्षमा ७२ महिला मन्त्री शिर्षकमा समाचार छापिएको छ। जसमा द्वारिकादेवी ठकुरानी नेपालकै पहिलो मन्त्री हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी दुर्इपटक मन्त्री र दुर्इपटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। त्यसैगरी दिदीबहिनी नै उपप्रधानमन्त्री बन्ने भाग्यशाली महिलामा शैलजा आचार्य र सुजाता कोइराला हुन्।
पाँच जना तीनपटक मन्त्री भएका छन्। तीन पटक मन्त्री हुनेमा साहना प्रधान, हिसिला यमी, कमला पन्त र राधा ज्ञवाली रहेका छन्। वर्तमान सरकारका चार जना छन्। जसमा थममाया थापा, पद्माकुमारी अर्याल, रामकुमारी चौधरी र विना मगर छन्।
शनिबारको अन्नपूर्ण पोस्टले सरकार निर्णय गर्छ, सर्वोच्च उल्ट्याउँछ शिर्षकमा मुख्य समाचार छापेको छ। सरकारले गरेका नियुक्ति र पदमुक्तिका ५७ निर्णयले सर्वोच्चले रोक लगाएको छ। ओली सरकारले गरेका पदमुक्ति र नियुक्तिमा निर्णयहरु एकपछि अर्को गर्दै फेल भएका छन्।
त्यसैगरी अन्नपूर्णमै कमाउने छोरो बाकसमा आएपछि... शिर्षकको समाचार छ। परिवारको आशा थियो छोराले पैसा पठउला । ऋण तिर्ला । बुढा आमाबाको ओखतीमुलो गर्ला । नानीहरुका लागि नानाचाचको बाकस बोके फर्कला । तर, कमाउने छोरै बाकसभित्र फर्केपछि मंगलीमाया र सार्कीबहादुर मगरको परिवारमा सन्नाटा छाएको छ । त्रियुगाा ५ श्रीपुरका २६ बर्षे रतन मगर मलेसिया पुगेको थियो । दसैंको दिन उनको परिवार छोराको फोन पर्खेर बसेको थियो ।
कात्तिक ९ गते नेपाल भ्रमणमा ल्याएको विश्वकप ट्रफिको विषयमा नेपाल सरकारका सम्बन्धित नेिकायलार्इ कुनै जानकारी नभएको जनाइएको छ।
नागरिक दैनिकले वैदेशिक रोजगारी कहिलेसम्म ? शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ। सरकारले स्वदेशमै रोजगारीको वातावरण बनाउने नारा लगाएपनि व्यवहारमा पनि वैदेशिक रोजगारीतिर नै ध्यान दिन थालेको छ। मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् । सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् ।
नेपाली कांग्रेसको बैठकमा सहभागी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति देउवाले समृद्धिका लागि एकता आवश्यक भएको बताएका छन्। त्यसैगरी मंसिरमा हुने भनिएको महासमिति बैठक एक साता सर्ने भएको छ।
त्सैगरी कान्तिपुर दैनिकमा नागरिक विधेयक संविधान विपरित संशोधन प्रस्ताव शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ। संघीय ुंसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने नेपालीलार्इ समेत गैरआवासीय नेपाली नागरिकता दनुपर्ने संशोधन प्रस्ताव परेको छ । उक्त प्रस्ताव संविधान विपरित भएको उल्लेख छ।
त्यसैगरी शिक्षकलार्इ सामाजिक सञ्जालमा अंकुश लगाइएको खबर पनि कान्तिपुर दैनिकमा छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाईबरजस्ता सामाजिक सञ्जाल आफुखुसी प्रयोग गर्न रोक लगाएको हो ।
अब नेपालको जुनसुकै विमान पनि थाइल्यान्ड जान पाउने भएका छन्। नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका हुन्। नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ ।
सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएपछि पाँच दिनपछि बालुवाटार फर्किएका छन्।
प्रदेश ३ का पूर्वाधार मन्त्री केशव स्थापितलार्इ बर्खास्त गरिएको छ। उनी नौ महिनामै विस्थापित भएका हुन्।
झापासहित
प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको खबर राससमा छ। दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४