बिहीबार, साउन ७, २०८३

अमेरिकामा एक जनालार्इ मृत्युदण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिकागो- दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । 

विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो। मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोसर्की रहेका छन्। 

जागोसर्कीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पुयाई हत्या गरेका थिए। हत्या गरिएका व्यक्तीको शरीर दुईहप्ता पछि फेला परेको थियो । उनीहरु दुवैलाई गोली हान्नुका साथै घाँटी रेटिएको थियो। 

अमेरिकी सर्वोच्च अदालतमा अन्तिम क्षणमा गरिएको अपिल सर्वोच्चले खारेज गरेको थियो। 

मृत्युदण्डका लागि संयुक्तराज्य अमेरिकाका नौवटा राज्यमा अझै पनि विद्युतीय कुर्चीको प्रयोग हुने गरेको छ। टेनिसी राज्यका अधिकारीहरुले टेनिसी राज्यको कानुन बमोजिम मृत्युदण्ड दिइएको बताएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।