काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले यही महिना नेपाली उपभोक्ताका लागि आफ्नो नयाँ मोडल एसेवेन सार्वजनिक गर्ने घोषणा गरेको छ।
शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)समर्थ क्यामेरा र शक्तिशाली ब्याट्रीलगायत आकर्षक फिचर्स सुसज्जित ए सिरिज अन्तर्गतको नयाँ ओपो एसेवेन मितव्ययी मूल्यमा सार्वजनिक गरिने कम्पनीको भनाइ छ।
उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितव्ययीमूल्यका साथमा सार्वजनिक गरिएको एसिरिज ओपोकै बेष्ट सेलिङ स्मार्टफोन अन्तर्गत पर्छ। एआई २.० सुसज्जित १६ मेगा पिक्सलको फ्रण्ट क्यामेरा र १३एमपी +२ एमपी डुअल रियर क्यामेरा तथा ४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको नयाँ ओपो एसेवेनले नेपालभरका आफ्ना उपभोक्तालाई आकर्षित गर्नेमा कम्पनी विश्वस्त छ।
अत्याधुनिक फिचर्सका साथै वास्तविक तथा प्राकृतिक देखिने सेल्फीलिन सघाउने क्यामेरा सहितको एसेवेन मितब्ययीमूल्यमाउपलब्ध गराउने तयारीमा कम्पनी रहेको छ।
सार्वजनिकको तयारीमा रहेको एसेवेनकाबारेमाबोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘मितव्ययी मूल्यमै डुअल क्यामेरा सेटअप, ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीका साथै अत्याधुनिकफिचर्स सुसज्जितफोन प्रयोग गर्न पाइयोस् भन्ने उपभोक्ता, विशेषगरी यूवाचाहनाको कदर गर्दै हामीले ए-सिरिज अन्तर्गतकाफोन उपलब्ध गराएका हौं।
ओपो एफसेवेनमा रहेको शक्तिशाली ब्याट्रीको सहायताबाट तिनले आफ्नो सक्रिय दैनिकीलाई समय समयमाअप्थ्यारो अनुभव गराउने चार्जिङको समस्यालाई सँधैका लागिविदागर्न पाउनेछन्। साथै विनाकुनै रुकावट जीवनकाअमूल्यपलनिरन्तर कैद गर्न सक्नेछन्।’
नोवेम्बर महिनाको मध्यतिर सार्वजनिकहुने तयारीमा रहेको ओपो एसेवेनले, पछिल्ला एफसिरिज र ए सिरिजअन्तर्गतकाउत्पादनले झैँ उपभोक्ताको मायाँ र सफलतापाउनेमाकम्पनीआशावादी रहेको छ । नेपालमै पहिलो पटक एफवानएस संगै सार्वजनिकगरिएको ए३७ले आफ्नो श्रेणीमा निकै लोकप्रियता पाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४