मंगलबार, साउन २६, २०८३

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन्। प्रदेशसभामा विश्वासको मत नपाएपछि उनको पद स्वत: गुमेको हो।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत परेको छ भने विपक्षमा ४३ मत। कोसी प्रदेशसभा सदस्यको संख्या ९३ रहेकोमा आजको बैठकमा ८९ जना सहभागी थिए।

नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपरेको हो। एक मत नपुगेर कोसीमा नेकपा एमालेको सरकार ढलेको छ। योसँगै एमाले केन्द्रदेखि प्रदेशसम्मै सत्ताविहीन भएको छ।

 

 

प्रकाशित: Jun 30, 2023| 13:42 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्