शनिबार, साउन २४, २०८२

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त

 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

काठमाडौं- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन्। प्रदेशसभामा विश्वासको मत नपाएपछि उनको पद स्वत: गुमेको हो।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत परेको छ भने विपक्षमा ४३ मत। कोसी प्रदेशसभा सदस्यको संख्या ९३ रहेकोमा आजको बैठकमा ८९ जना सहभागी थिए।

नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपरेको हो। एक मत नपुगेर कोसीमा नेकपा एमालेको सरकार ढलेको छ। योसँगै एमाले केन्द्रदेखि प्रदेशसम्मै सत्ताविहीन भएको छ।

 

 

Metro Mart

प्रकाशित: Jun 30, 2023| 13:42 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्