शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • कोसीका मुख्यमन्त्रीको प्रस्ताव- सर्वदलीय सरकार बनाऔं

कोसीका मुख्यमन्त्रीको प्रस्ताव- सर्वदलीय सरकार बनाऔं

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकार बनाउन दलहरुलाई प्रस्ताव गरेका छन्।

National life

प्रदेशसभामा विश्वासको मत लिने क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सर्वपक्षीय रुपमा सहमतिबाटै सर्वदलीय सरकार बनाउन अन्य राजनीतिक दलहरुलाई प्रस्ताव गरेका हुन्।

कार्कीले भने, ‘सर्वदलीय सरकार बनाऔं। अहिले पनि मेरो प्रयास जारी छ। ठूलो दललाई बाइपास गरेर हुँदैन, बजेट ल्याउने बेला सरकारलाई दिएको समर्थन फिर्ता लिने, अनि संवैधानिक बाटोबाट बजेट ल्याउँदा अध्यादेशबाट ल्यायो भनेर विरोध गर्ने काम भयो। ढोका थुनेर कुट्न खोजियो भने ठिक हुँदैन, निकास निस्किँदैन।’

उनले जनतालाई अप्ठेरो नपार्ने गरी अघि बढ्न प्रस्ताव गरे। विश्वासको मत लिने प्रक्रिया हिजै सुरु भएकोमा मुख्यमन्त्री तथा मन्त्रीहरु 'बेपत्ता' भएपछि पूरा हुन सकेको थिएन। सभामुखले १ घण्टाका लागि बैठक स्थगित गरेपछि मुख्यमन्त्री कार्की सहमति जुटाउन भन्दै हिँडेका थिए तर त्यसपछि उनी फर्केनन्।

प्रकाशित: Jun 30, 2023| 13:23 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्