बिहीबार, साउन ७, २०८३

सरकारले प्रभावकारी काम गर्न सकेन : घनश्याम भुसाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको बताएका छन्। 

रुपन्देही- ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका भुषालले दुर्इ तिहाइ बहुमत प्राप्त सरकारसँग जनताका अपेक्षा धेरै भएपनि जनताको पक्षमा काम गर्नै नसकेको बताए। 

पार्टी एकीकरणमा समेत नेताहरुको स्वार्थ जोडिदा ढिलाइ भएको बताए। उनले भने, ‘मैले स्थायी कमिटीको बैठकमा लिखित रुपमै दिएको छु की माओवादीको अध्यक्ष भइरहेको ठाउँमा एमालेको सचिव र एमालेको अध्यक्ष भईरहेको ठाउमा माओवादीको सचिव बनाउने र अध्यक्ष वा सचिव जनप्रतिनिधी भएको अवस्थामा क्रमशः पदीय जिम्मेवारी अनुसार अर्को व्यक्तिलाई नेतृत्व दिने। सोही अनुसार गरेको भए साउन भित्रै एकिकरण टुंगिन्थ्यो। तर दुवै पार्टीबाट, कमिटीमा हुँदै नभएको व्यक्तिलाई नेतृत्वमा ल्याउन थालेपछि ढिलाई भएको हो। ’

पार्टी एकता प्रकृयालाई छिटो टुंग्याउनु पर्ने उनको जोड छ। पार्टी एकता प्रकृया लम्बिदा सरकारको काम कारबाही नै प्रभावित बन्न पुगेको उनको तर्क थियो।

संसदीय सम्पर्क कार्यालय रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भुषालले जनताको चाहाना र पार्टीको प्रतिबद्धता बमोजिम सरकारले काम गर्न नसकेको स्विकार गरे।

'जनताको चाहाना र हाम्रो कबुल अनुसार काम हुन सकेको छैन', उनले भने, 'एकता प्रकृया अलमलिएको छ, यसले पार्टी र सरकारको काममा अन्योलता देखिएको छ।’ पूर्व मन्त्री समेत रहेका भुषालले तल्लो तह सम्मको पार्टी एकतामा साविकका कमिटिहरुलाई आधार बनाइनुपर्नेमा जोड दिए।


आफूले राम्रा कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भनेको जनाए। नेता भुसालले आफु सानैदेखी माक्र्सवादी अध्ययन र प्रशिक्षणमा रुची राख्ने हुनाले सो कार्यलाई गुटको संज्ञा दिन नहुने भुसालले तर्क गरे।

फरक प्रसंगमा नेता भुसालले पर्यटन र कृषीमार्फत रुपन्देहीको विकास गर्न सकिने पनि बताएका छन्। बुद्धको जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै व्यवस्थित गरेमा रुपन्देहीका जनता समृद्ध हुने बताए। उनले भने, ‘लुम्बिनी र विमानस्थललाई सही ढंगले सन्चालन र प्रबर्द्धन गरेमा मात्रै त्यसले आर्थिक विकास ठुलो योगदान पुराउछ । ’

नेता भुषालले भैरहवाको सेज संचालनमा ढिलाई हुनुका पछाडी थुप्रै कारण रहेपनि अब ढिलाई नहुने दाबी गरे। उनले भने, ‘मैले सरकारी अधिकारीलाई सेजको काम सरकारका तर्फबाट कहां रोकिन्छ मलाई भन्नुस भनेको छु, काम अघि बढिरहेको छ , अब बिलम्ब हुदैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।