काठमाडौं-अमेरिका र जर्मनीका राजदूतले प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानसेनापतिलाई भेट्न अमेरिकाका राजदूत रान्डी डब्लु बेरी र जर्मनीका राजदूत रोलान्ड स्चफेर जंगी अड्डा पुगेका थिए ।
थापा प्रधानसेनापतिमा नियुक्त भएपछि कूटनीतिक नियोगका प्रमुखहरुले भेट गरेका हुन् । भेटका क्रममा पारस्परिक हीत र द्वीपक्षीय सम्बन्धका विषयमा कुरा भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४