शुक्रबार, असार ५, २०८३

फिफा वरीयतामा एक स्थान तल झर्‍यो नेपाल

यसअघि १७४औं स्थानमा रहेको नेपाल बिहीबार सार्वजनिक गरिएको नयाँ फिफा वरीयतामा १७५औं स्थानमा पुगेको हो। 
 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०
National life
Shivam cement

काठमाडौं– विश्व फुटबलको सर्वोच्च संस्था फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। यसअघि १७४औं स्थानमा रहेको नेपाल बिहीबार सार्वजनिक गरिएको नयाँ फिफा वरीयतामा १७५औं स्थानमा पुगेको हो। 

फिफाले खेल आधारलाई मानेर वरीयता निर्धारण गर्ने गरेको छ। भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। कुवेतसँग ३–१ र भारतसँग २–० ले पराजित भएको नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो।

दक्षिण एसियामा भारत १००औं, माल्दिभ्स १५४औं, १८४औं, बंगलादेश १९२औं, पाकिस्तान २०१औं र फिफा निलम्बनमा रहेको श्रीलंका २०७औं स्थानमा छन्। विश्व च्याम्पियन अर्जेन्टिनाको शीर्ष स्थान यथावत छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा रहेको फिफा वरीयतामा उल्लेख छ।

प्रकाशित: Jun 29, 2023| 17:01 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्