बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रसँग विवाद कायमै, धमाधम कार्यालय खोल्दै प्रदेश सरकार

केन्द्रसँग विवाद कायमै, धमाधम कार्यालय खोल्दै प्रदेश सरकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- अधिकारको सवालमा केन्द्र सरकारसँग विवाद चलिरहेको बेला प्रदेश सरकारले धमाधम आफ्नो मातहत रहेका मन्त्रालयहरुको कार्यालय खोलि रहेको छ।

प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन पारित गराएदेखि केन्द्रीय सरकार र प्रदेश सरकारबीचको सम्बन्ध चिसिएको बेला प्रदेश २ सरकारले मन्त्रालय मातहतका निर्देशनालयहरु धमाधाम सञ्चालनमा ल्याएको हो।

शुक्रबार जनकपुरमा प्रदेश २ को शिक्षा विकास निर्देशनालयको स्थापना गरिएको छ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक समारोहका बीच निर्देशनालय कार्यालयको बोर्ड अनावरण गरेका छन्।

नेपाल सरकार र प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय स्थापना गर्ने निर्णय गरेको थियो। निर्देशनालयका निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, राज्यमन्त्री अभिराम शर्मा र सामाजिक विकास सचिव देवीराम भण्डारीले आ-आफ्नो मन्तव्य राखेका थिए।

निर्देशनालयले प्रदेश स्तरको उच्च शिक्षाका नीति, कानून, प्रशासन र नियमन गर्न सामाजिक विकास मन्त्रालयलाई सहयोग गर्नेछ। यसैगरी विज्ञान तथा प्रविधिसम्बन्धी खोज, अविष्कार तथा विद्यालय एवम उच्च शिक्षामा विज्ञान र प्रविधिको पठनपाठन व्यवस्था प्रवद्र्धन, शैक्षिक परामर्श सेवाका मापदण्ड निर्धारण, अनुमति तथा नियमन, प्रदेश स्तरमा उच्च शिक्षाका लागि स्वदेशी छात्रवृत्ति व्यवस्थापन, शिक्षाको प्रदेश नीति तथा कानुन निर्माणका लागि सामाजिक विकास मन्त्रालयलाई निर्देशनालयले प्राविधिक सहजीकरण गर्ने जनाइएको छ।

यसका साथै सामुदायिक तथा संस्थागत विद्यालयका लागि निजी क्षेत्रबाट प्रकाशित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री प्रयोगका लागि स्वीकृति प्रदान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको छात्रवृत्तिको नियमनलगायतका जिम्मेवारी निर्देशनालयले वहन गर्नुपर्ने छ।

यसअघि प्रदेश २ सरकारले विहिबार भौतिक पूर्वाधार निर्देशनालय कार्यालय उद्घाटन गरेको थियो। भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले एक कार्यक्रमका बीच निर्देशनालय कार्यालयको उद्घाटन गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।