शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • 'निजीमा पनि सामुदायिक विद्यालयसरह तलब व्यवस्था नभए महानगरमा सम्पर्क गर्नू'

'निजीमा पनि सामुदायिक विद्यालयसरह तलब व्यवस्था नभए महानगरमा सम्पर्क गर्नू'

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- काठमाडौं महानगर मातहतका निजी विद्यालयहरूलाई सामुदायिक विद्यालय सरह तलब को व्यवस्था गर्न मेयर बालेन शाहले निर्देशन दिएका छन्। 

National life

सरकारले तोके बमोजिमको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न उनले शिक्षकहरुलाई अनुरोध पनि गरेका छन्। 

सामाजिक सञ्जालमार्फत बालेनले लेखेका छन्-' काठमाडौँ महानगरपालिकामा संस्थागत (निजी)  विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ। सोही बमोजिम काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौँ महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ। निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।'

 

Shivam cement

प्रकाशित: Jun 29, 2023| 08:55 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्