मंगलबार, साउन २६, २०८३

आज बकर इद, सार्वजनिक बिदा

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको ठूलो पर्व हो। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।
 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- सरकारले बकर ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी बिदा दिने निर्णय भएको बताएको थियो।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको ठूलो पर्व हो। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ।

प्रकाशित: Jun 29, 2023| 06:01 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्