मंगलबार, साउन २६, २०८३

बजेट पारित भएपछि के भने ओलीले ?

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन्। प्रतिनिधिसभाबाट मत विभाजनमार्फत बजेट पारित भएपछि आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारको विश्वास ९९.९९ प्रतिशतबाट घटेर ५३ मा आइपुगेको बताए।

उनले भने, ‘बजेट पारित हुन्छ भन्ने थाहा थियो, हामी प्रक्रियामा गएका हौं। सरकारको विश्वास ९९.९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्यो।’ पहिलो पटक विश्वासको मत माग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको सबै मत पाएका पाएका थिए। अहिले बजेट पारित गर्ने क्रममा १४७ सांसदमात्रै भएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन्।

बजेटको विपक्षमा भने १०८ मत परेको थियो। यसपालि बजेटमा सत्ताधारी दलहरु नै असन्तुष्ट थिए।

प्रकाशित: Jun 28, 2023| 18:03 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्