शुक्रबार, साउन २३, २०८२

पशुपतिमा जलहरी पुनर्स्थापित गर्न दर्शनार्थीलाई प्रवेश निषेध

 |  बुधबार, असार १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

vianetvianet

काठमाडौं- पशुपतिको शिवलिंगबाट आइतबार निकालिएको जलहरी आज पुनर्स्थापित गरिँदैछ। दर्शनार्थीलाई प्रवेश निषेध गरेर जलहरी पुन: राखिएको हो।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिंगबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो। सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो। यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।

प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो। त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ। यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुन्छ।

उजुरीको दुई वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ। पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।

त्यसका लागि उसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम शुद्ध सुन खरिद गरेको बताएको छ। त्यसमा तामा २ किलो ८८८ ग्राम, चाँदी १ किलो २५३ ग्राम र जिन्क १२ ग्राम ७५ मिलि ग्राम मिसावट गरिएको उसको भनाइ छ।

Metro Mart

 

प्रकाशित: Jun 28, 2023| 17:55 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्