शुक्रबार, असार ५, २०८३

पहिलो पटक मतदान गरेर बजेट पारित

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं- प्रतिनिधिसभाबाट पहिलो पटक मत विभाजन प्रक्रिया (मतदान) बाट बजेट पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार सभामुख देवराज घिमिरेले मत विभाजन प्रक्रिया गराएका हुन्।

National life

उनले ध्वनि मतका आधारमा बजेट पारित भएको घोषणा गरिसकेका थिए तर एमाले सचेतक महेश बर्तौलाले मथ विभाजनको माग राखेपछि मतदानको प्रक्रियामा गएको हो।

जानकारहरुका अनुसार मतदान गरेर बजेट पास भएको २०४७ सालपछि यो पहिलो पटक हो।

यसअघिका वर्षहरूमा ध्वनि मतका आधारमा बजेट पारित हुने गरेको थियो। यसपालिको बजेटलाई लिएर सत्तारुढ दलहरु नै असन्तुष्ट थिए।

प्रकाशित: Jun 28, 2023| 17:28 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्