मंगलबार, साउन २६, २०८३

म्याग्दीमा जोखिमपूर्ण सडक स्तरोन्नति

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

बेनी- म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतस्थित जोखिमपूर्ण सडकलाई ढलान गरेर स्तरोन्नति गरिएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको ५० लाख बजेटबाट ताराखेत–सल्यान–भर्जुला–हिदी सडकअन्तर्गत ताराखेतका उकालोको जोखिमपूर्ण सडक स्तरोन्नति गरिएको हो।

बेनी–बाबियाचौर सडकखण्डको ताराखेतकोको चोक नजिकैबाट उकालोमा २०५ मिटर सडक ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष सुसन किसानले जानकारी दिए।

उनका अनुसार सडकमा मेसिनरी पर्खाल र नालीसमेत निर्माण गरिएको छ भने घुम्तीमा जोखिम न्यूनीकरण गर्न पर्खाल लगाइएको छ। सडकलाई छ देखि सात मिटर फराकिलोमा ढलान गरेपछि गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि सल्यान, भर्जुला, हिदीलगायत स्थानका सर्वसाधारणलाई राहत भएको छ।

यो सडक मङ्गलाको वडा नं १ र २ का गाउँबस्तीलाई गाउँपालिकासँग जोड्ने सडकको रुपमा चिनिन्छ। पहिले सडक जीर्ण हुँदा दुर्घटनासमेत हुनेगरेको ठाउँमा ढलान गरेपछि  सहजरूपमा सवारीसाधन आवतजावत गर्नसक्ने भएको वडासदस्य ओमकार शेरपुञ्जाले जानकारी दिए।

यो सडकखण्डबाट करिब पाँच सय घरधुरी लाभान्वित हुँदै आएका छन्। सडकखण्डको अन्य ठाउँमासमेत स्तरोन्नतीका लागि गाउँपालिकामा पहल गरिएको वडा सदस्य शेरपुञ्जाले बताए।

प्रकाशित: Jun 28, 2023| 23:05 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्