काठमाडौं–मंगलबार मध्यराती पाँच दिने चीन भ्रमणमा उडेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको राजधानी छेन्दुमा ओर्लिएका छन्।
छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे।
उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए। उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेला उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ।
उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन्। उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सन अवलोकन गर्नेछन्।
सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मंगलबार काठमाडौंबाट चीनतर्फ उडेका थिए।