बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिलको कार्ड प्रयोगकर्तालाई नर्भिक अस्पताल र चिकित्सा कलेजमा विषेश छुट 

नबिलको कार्ड प्रयोगकर्तालाई नर्भिक अस्पताल र चिकित्सा कलेजमा विषेश छुट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पताल बिच सम्झौता भएको छ। 

उक्त सम्झौता बमोजिम नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई नर्भिक स्वास्थ्य प्याकेजहरुमा ३० प्रतिशत छुट प्रदान गर्ने भएको छ।

प्याथोलोजी, रेडियोलोजी, सीटी र एमआरआई स्क्यान, मेमोग्राम, कार्डियाक नन्इन्भेसिभ परिक्षण, सर्जकल चार्जर लगायत शल्यक्रिया शुल्कहरुमा दश प्रतिशत छुट दिने भएको छ। त्यसैगरी अस्पताल भर्ना हुदा पाँच प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।

नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका कार्ड प्रयोगकर्तालाई छिटो चिकित्सा सेवाहरु प्रदान गर्नेसमेत जनाएको छ। साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप नर्भिक इन्टरनेशनल अस्पताल संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ ”, नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिङ श्री निरज शर्माले भने। 

“नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्‍याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउ“दा हामीलाई धेरै खुशि लागेकोछ र यो सम्झौताले सेवामा हामि थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं”, नर्भिक अन्तराष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक श्री राजेन्द्र बहादुर सिहंले भने।

थापाथली स्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल एक सुविधा सम्पन्न १५० बेड सहितको स्वास्थ्य संस्था हो । अस्पतालमा ३५ विशेसज्ञ विभाग र एक वेलनेश सेन्टर रहेको छ। बहुविशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै आधुनिक उपचार प्रकृया अपनांउदै आएको छ।

नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, एक सय अठारवटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्