मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सात दिन थुनामा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सात दिन थुनामा राख्न अनुमति

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं- ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

यो प्रकरणमा मंगलबार व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम पक्राउ परेका थिए। उनीहरुलाई आजमात्रै सीआईबीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 28, 2023| 16:05 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्