शुक्रबार, असार ५, २०८३

न्याय परिषद् बैठकमा गयल भए कानुनमन्त्री गुरुङ

कानुनमन्त्री अनुपस्थित भएपछि परिषद् बैठक पनि स्थगित भएको छ।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०
National life
Shivam cement

काठमाडौं– सत्तारुढ कांग्रेसले आफ्ना सांसदलाई बजेट पारित गर्न ह्वीप जारी गरेपछि आज बस्ने भनिएको न्याय परिषद् बैठकमा कानुनमन्त्री धनराज गुरुङ अनुपस्थित भएका छन्। 

कानुनमन्त्री अनुपस्थित भएपछि परिषद् बैठक पनि स्थगित भएको छ।  बैठकमा उच्च अदालतका न्यायाधीश नियुक्ति विषय छलफल गर्ने मुख्य एजेन्डा थियो। उच्च अदालतमा हाल ४७ न्यायाधीशको पद खाली छ।

न्यायाधीश नियुक्तिका लागि गत सोमबार बसेको परिषद् बैठक भागबन्डा नमिलेपछि  निष्कर्षविहीन भएको थियो। बैठकमा कानुनमन्त्री गुरुङ उपस्थित हुन नसकेपछि प्रधानन्यायाधीश हरिकृष्ण कार्की र  वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि हाजिर भएनन्। 

प्रकाशित: Jun 28, 2023| 15:22 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्