मंगलबार, साउन २६, २०८३

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

महेन्द्रनगर- करेन्ट लागेर घाइते हुनुभएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए।

प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको बताउँदै प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

प्रकाशित: Jun 28, 2023| 14:41 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्