शुक्रबार, असार ५, २०८३

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगियो

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ।

National life

हिजो मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन आज जिल्ला अदालतमा पेश गर्दैछ। त्यसैको तयारीस्वरुप जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको हो। अब उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा लगिनेछ। उनीहरुलाई आजमात्रै सीआईबीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Jun 28, 2023| 14:02 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्