आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी यू–१६ इस्ट जोन कपः नेपालले थाइल्यान्डलाई २२५ रनले हरायो

एसीसी यू–१६ इस्ट जोन कपः नेपालले थाइल्यान्डलाई २२५ रनले हरायो

जितका लागि २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमा अलआउट।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

National life
kumari

काठमाडौं– एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले थाइल्यान्डमाथि २२५ रनको फराकिलो जित हात पारेको छ। नेपालको सानदार जितमा ब्याटिङतर्फ नीरजकुमार यादव तथा नरेन भट्ट र बलिङतर्फ सन्तोष यादवको उत्कृष्ट योगदान रह्यो।

पहिला ब्याटिङ गरेको नेपालले ३५ ओभरमा २६९ रन बनाउन सफल भयो। ओपनर नीरजकुमार यादव र सूर्यांशु कोइरालाले ११० रनको साझेदारी पारी खेले। नीरज ४३ बलमा ७४ रन बनाउँदै आउट भए भने सूर्यांशु ४० रनमा पेभेलियन फर्के। नरेन भट्टले ४३ बलमा ५५ रन बनाए। सन्तोष यादवले ४२ रनको योगदान दिए। 

जितका लागि २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले नेपाली बलरसामु घुँडा टेक्यो। थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमा अलआउट भयो। नेपालका सन्तोष यादवले पाँच, अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए।

प्रकाशित: Jun 28, 2023| 13:13 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्