काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर तीनजना मृत फेला परेका छन् भने दुईजनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।
प्रहरीका अनुसार दाङ, तुलसीपुर उपमहागनरपालिका-३ एकता टोलस्थित पातुखोला नजिक सल्यान कालीमाटी गाउँपालिका-४ बस्ने ४४ वर्षीय भोला कडेल मंगलबार मृत अवस्थामा फेला परेका छन्।
धनकुटा, छथरजोरपाटी गाउँपालिका-२ हात्तिखर्क सल्ले बस्ने १९ वर्षीय पुर्ण राना मगर सोही ठाउँस्थित बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
चितवन, भरतपुर महानगरपालिका-२ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
बारा, जितपुरसिमरा उपमहनगरपालिका-१८ मोतिचोकमा ना.७ ख ५४६६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सुवर्ण गाउँपालिका-३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मंगलबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी (पूर्व), बौदीकाली गाउँपालिका-२ भुरुङगे चोकस्थित सडकमा लु.२ ख ४४८२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री तनहुँ घिरिङ गाउँपालिका-४ बस्ने ६० वर्षीय दुर्गा बहादुर दमाईको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको वि.वि.कोईराला मेमोरियल अस्पताल बेलचौतरा तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१५ भगवानपाउस्थित निर्माणाधीन भवनमा करेन्ट लागेर काठमाडौं कोटेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साघागढी नगरपालिका-१२ घर भएका २२ वर्षीय समिर पराजुलीको मंगलबार साँझ मृत्यु भएको छ। निर्माणाधीन भवनमा जोडेको विद्युतको तार छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो।
प्यूठान नगरपालिका-१० छेपाने बस्ने चेत बहादुर घर्ती मगरको छोरी १४ वर्षीय सबिना घर्ती मगरको सोही ठाउँस्थित भुसवाङ खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ। सबिना घर्ती मगर स्कुल छुट्टी भई घर फर्किन लाग्दा सो खोला तर्ने क्रममा बगाई गम्भिर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो।