शुक्रबार, असार ५, २०८३

पुनःस्थापन गरिँदै पशुपतिनाथको जलहरी

पशुपतिको शिवलिंगबाट आइतबार निकालिएको जलहरी आज पुनस्र्थापन गरिने भएको हो।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं– आराध्यदेव पशुपतिनाथ मन्दिरमा अर्पण गरी चढाइएको सुनको जलहरी तौलजाँचपछि आज बेलुकी ४ बजे पुनः स्थापन गरिने भएको छ।

National life

जलहरी नापतौल गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारी  पशुपतिनाथ मन्दिर पुगेका छन्। पशुपतिको शिवलिंगबाट आइतबार निकालिएको जलहरी आज पुनः स्थापन  गरिने भएको हो।

पुरातत्त्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहबरमा अख्तियारको टोलीले गत आइतबार पशुपतिको शिवलिंगबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।

अख्तियारले सुनका ३ वटा रिङ, वासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएका १०६.४३२५ किलो रहेको बताएको थियो। जलहरीमा अनियमितता नभएको अख्तियारले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

उजुरीको दुई वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गरिने बताएको छ। पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन जलहरीमा प्रयोग भएको बताएको थियो।

Shivam cement

गत आइतबार अनुसन्धानका लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनः स्थापन गरिँदा भक्तजनलाई भने अवरोध नहुने कोषले जानकारी दिएको छ।

प्रकाशित: Jun 28, 2023| 11:48 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्