शुक्रबार, असार ५, २०८३

विशाक्त च्याउ खाँदा बिरामी परे ९ जना

कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा विषाक्त च्याउ खाने बिरामी परेका हुन्। 
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

पाँचथर– पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा विषाक्त च्याउ खाने बिरामी परेका हुन्।

National life

कुम्मायक गाउँपालिका–१ मा मंगलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्। कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्।

उनीहरूलाई  जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै, फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ। 

प्रकाशित: Jun 28, 2023| 10:42 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्