शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाले सहयोग गर्ने

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाले सहयोग गर्ने

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

पाल्पा- पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ। 

National life

आगामी आव २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता सम्बन्धी नीतिमा नगरका क्रियाशील पत्रकारलाई अध्ययनका लागि विशेष सहयोग गरिने उल्लेख छ। कार्यक्रम पाल्पाकै नमूना भएको नगरपालिकाले जनाएको छ। 

पत्रकारिता गर्ने सञ्चारकर्मी तथा पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले आगामी आवदेखि लागू हुने गरी स्नातकोत्तर तहमा अध्ययन गर्ने पत्रकारका लागि नीति तथा कार्यक्रममा समावेश गरेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन्।

‘राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रले समाजको सही, सत्य र निष्पक्ष सूचना प्रवाह गरेको हुन्छ,’ उनले भने, ‘त्यस क्षेत्रमा क्रियाशील पत्रकारलाई दक्ष बनाउन स्नातकोत्तर तह पढ्नेलाई रामपुर नगरले विशेष सहयोग गर्नेछ।’

पत्रकारिता विषय अध्ययनका लागि नगरभित्र रहेर सक्रियरूपमा पत्रकारिता गर्ने पत्रकारले विशेष सुविधा पाउनेछन्। कार्यक्रमले रामपुरमा क्रियाशील पत्रकारमा खुशीयाली छाएको छ। पत्रकारिता विषय लिएर अध्ययन गर्ने मन भए पनि अर्थाभावमा रहेका पत्रकारलाई यो कार्यक्रमले धेरै सुविधा पुग्नेछ।

Shivam cement

रामपुर नगरपालिकाभित्र हाल एफएम रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यम लगायतका विभिन्न सञ्चारमाध्यममा गरी करीब ३० सञ्चारकर्मी क्रियाशिल छन्। पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा पछिल्लो समय सञ्चारमाध्यमको विकास हँुदै जाँदा पत्रकारितामा रुचि राख्ने सञ्चारकर्मी पनि बढ्दै गएका छन्।

प्रकाशित: Jun 28, 2023| 10:36 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्