बिहीबार, साउन ७, २०८३

धनगढी २ विकेटले विजय, पोखरा पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत घरेलु टोली पोखरा पल्टनलाई पराजित गर्दै एक्स्पर्ट धनगढी ब्लुजले प्रतियोगितामा तेस्रो जित निकालेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको धनगढीले एक बल बाँकी हुदै ८ विकेटको क्ष्यातीमा उक्त लक्ष्य भेट्टाएको हो । 

धनगढीका लागि पेटर ट्रेगोले अर्धसतकिय पारी खेले । उनले ३४ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५३ रन जोडेका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ४९ रन जोडे । 

उनले २६ बल खेल्दै चार चौका र चार छक्काको मद्दतमा ४९ रन जोडेका हुन् । सुभेन्दु पाण्डेले २२ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पेखराका लागि रसिद खानले सर्वाधिक चार विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै ललित राजवंशी र बिक्रम भुसालले समान दुई दुई विकेट लिए ।

यसअघी पोखराले निर्धारित २० ओभरमा विकेट गुमाउदै १ सय ४४ रन जोडेको थियो । पोखराका लागि रोहित कुमार पौड्यालले ३१ रन जोडे । उनले २१ बल खेल्दै चार चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडे ।

रविन्द्र सिंहले २८ रन जोडे । उनले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २८ रन जोडेका हुन् । त्यस्तै आसिफ सेखले २३, कप्तान शरदले १४, मोहमद नाभिदले ११ रन जोड्न बाहेक अन्ये ब्याट्सम्यान धानगढी ब्लुजका बलर अगाडी खुलेर खेल्दन सकेनन् ।

धनगढीका लागि कमलसिंह ऐरीले चार विकेट लिए । पेटर ट्रेगो, डान लावरेन्स र रोबिन श्रेत्रीले समान एक एक विकेट लिए । यस जितसँगै धनगढीले प्ले अफमा पग्ने सम्भावना जिवित राखेको छ । धनगढीले ५ खेल खेल्दै ६ अंक जोडे छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।