शुक्रबार, साउन २३, २०८२

द्वारिकाज होटलमा बसेका ज्याक मा के गर्दैछन् तीन दिन नेपालमा ?

अलिबाबाका संस्थापकसमेत रहेका ज्याक मा कुन प्रयोजनका लागि आएका हुन् भन्ने खुलेको छैन। उनको नेपाल भ्रमणका बारेमा कुनै पनि औपचारिक जानकारी सार्वजनिक भएको छैन। 
 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet

काठमाडौं- चिनियाँ खर्बपति ज्याक मा तीन दिने भ्रमणका लागि नेपाल आएका छन्। मंगबलबार दिउँसो निजी विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका ज्याक बत्तीसपुलतीस्थित द्वारिकाज होटलमा बसेका छन्। 

अलिबाबाका संस्थापकसमेत रहेका ज्याक मा कुन प्रयोजनका लागि आएका हुन् भन्ने खुलेको छैन। उनको नेपाल भ्रमणका बारेमा कुनै पनि औपचारिक जानकारी सार्वजनिक भएको छैन। 

बंगलादेश हुँदै काठमाडौं आइपुगेका भनिएका ज्याक भोलि बुधबार चितवन जाने कार्यक्रम छ। उनी त्यहाँ विनोद चौधरीको रिसोर्ट मेघौली सेरईमा बस्नेछन्। 

ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने इच्छा व्यक्त गरेको बताइएको छ। उनले अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाली डलर अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलगायतलाई भेट्ने कार्यक्रम छ।  ज्याक बिहीबारसम्म नेपालमा रहनेछन्। उनी बिहीबार पाकिस्तानको लाहोर प्रस्थान गर्ने कार्यक्रम छ।

को हुन् ज्याक मा ?
चीनको ह्वाङझाउमा जन्मिएका ज्याक माले शिक्षण पेशा छाडेपछि सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गरेका थिए। १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरले अलिबाबा ग्रुप स्थापना भएको थियो, जसले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गर्थ्यो। ‘चीनको अमेजन’को रुपमा चिनिएको उक्त कम्पनीको हाल १ खर्ब डलरभन्दा माथिको बजार मूल्य पुगिसकेको छ।

Metro Mart

सन् २०२० मा सरकारको आलोचना गरेपछि ज्याक मा एकाएक सार्वजनिक जीवनबाट हराएर नोभेम्बरमा जापानको राजधानी टोकियोमा देखा परेका थिए। चिनियाँ सरकारले सुरु गरेको प्रविधि क्षेत्रमाथिको नियमन प्रयासको आलोचना गरेपछि उनी रहस्यमय रूपमा सार्वजनिक जीवनबाट हराएका थिए।

ज्याक पछिल्लो समय व्यवसायसँगै प्रेरणादायी मन्तव्य दिने उद्यमीको रुपमा पनि चिनिएका छन्। उनले विभिन्न सहरमा युवाहरूलाई दिएका प्रवचन विश्वभर चर्चामा छन्।
 

प्रकाशित: Jun 27, 2023| 20:13 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्