शुक्रबार, असार ५, २०८३

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना रिहा

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०
National life
Shivam cement

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ। पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरेकै दिन कागज गरेर छाडिएको हो।

गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले रिहा गरेको हो।

उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। जग्गा प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो। निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमै छन्।

प्रकाशित: Jun 27, 2023| 19:32 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्