शुक्रबार, असार ५, २०८३

जंगली च्याउ खाँदा पाँचथरमा ९ जना बिरामी, चारलाई झापा पठाइयो

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- जंगली च्याउ खादा पाँचथरको फिदिम र कुम्मायकमा नौ जना बिरामी भएका छन्। बिरामी भएकामध्ये चार जनालाई उपचारका लागि झापा पठाइएको छ भने चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी कार्यलय पाँचथरले जनाएको छ।

National life

मंगलबार बिहान जंगली च्याउ तरकारी बनाएर खाँदा ६८ वर्षीया लिला थापा, ३२ वर्षीया हेमन्ता थापा, ६० वर्षीया इन्द्रमाया नेपाली र ६० वर्षीय रुद्रबहादुर दर्जी बिरामी परेका हुन्।

लिलाबहादुर थापाको घरमा सँगै खाना खाएका उनीहरुलाई तत्कालै पेट दुख्ने र रिँगटा चल्ने समस्या देखिएपछि उपचारका लागि पाँचथर अस्पताल पुर्याइएको थियो।

त्यहाँबाट थप उपचारका लागि चारै जनालाई झापास्थित बिर्तासिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित: Jun 27, 2023| 19:11 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्