शुक्रबार, असार ५, २०८३

साफ च्याम्पियनसिप फुटबल- नेपालले पाकिस्तानलाई हरायो

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०
National life
Shivam cement

काठमाडौं- समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराउँदै नेपालले साफ च्याम्पियनसिप–२०२३ को सुखद अन्त्य गरेको छ। 

मंगलबार भारतको बेंग्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा आशीष चौधरीले गरेको गोल निर्णायक बन्दा नेपालले पाकिस्तानविरुद्ध १–० को साँघुरो जित निकालेको हो। 

८०औँ मिनेटमा आशीषले पाकिस्तानको डेड लक तोड्दै नेपाललाई अग्रता दिलाएका थिए। १८ यार्ड बक्सबाहिर लाकेनले मिलाएको बलमा आशीषले उत्कृष्ट गोल गरेका थिए। नेपालका लागि आशीषको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

प्रकाशित: Jun 27, 2023| 18:53 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्