शुक्रबार, असार ५, २०८३

पानीको बहाव थेग्न नसकेपछि डाइभर्सन अझै भएन पूरा

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

पाँचथर- बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको डाइभर्सन अझै पूरा हुन सकेको छैन।

National life

सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केही माथि तीन दिनअघि अस्थायी डाइभर्सन निर्माण थालेको थियो। १२ ह्युमपाइपमार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन सकेको छैन। ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ह्युमपाइप अडिन नसकेपछि डाइभर्सन अधुरो भएको हो।

“बहावका कारण ह्युमपाइप नअडिँदा डाइभर्सनलाई पूर्णता दिन सकिएन,” सडक भिडिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले भने, “थप ह्युमपाइप ल्याई चाँडोभन्दा चाँडो डाइभर्सन सञ्चालन गर्छौँ।”

यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडकपुल र तमोर करिडोरको बेलिब्रिज बगाएपछि जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्कविच्छेद भएको छ। सडक सम्पर्क टुटेपछि मेची राजमार्गमा अत्यावश्यक कामले यात्रा गर्ने यात्रु तथा बिरामीले फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन्। खाद्यसामग्रीको आयात तथा कृषिजन्य उपज र दुग्धजन्य पदार्थको निर्यात प्रभावित बनेको छ।

तीन दिनदेखि जारी डाइभर्सन निर्माण आज पूरा हुने सूचना पाएपछि मेची राजमार्गका विभिन्न स्थानमा अड्किएर बसेका सवारीसाधनलाई हिलिहाङ–७, भारपातर्फ राखिएको थियो। यहाँ सवारीको चाप देखिन्छ। सवारीचालक तथा सहचालक सवारीमै बस्नुपर्ने बाध्यता आइपरेको छ। रासस

Shivam cement

प्रकाशित: Jun 27, 2023| 19:14 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्