शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्राधिकरणलाई उच्च अदालतको आदेश- मेयर बालेनसँग स्पष्टीकरण नलिनू

प्राधिकरणलाई उच्च अदालतको आदेश- मेयर बालेनसँग स्पष्टीकरण नलिनू

 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet

काठमाडौं- उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीशहरु गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले मेयर बालेनसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्राधिकरणको भवन नक्शापास बिना निर्माण भइरहेको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले त्यहाँको फेन्सिङ तारलगायत सामग्री नियन्त्रणमा लिएको थियो।

प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै मेयर बालेनसँग स्पष्टीकरण माग गरेको थियो। लगत्तै प्राधिकरणको उक्त निर्णयविरुद्ध बालेनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

प्रकाशित: Jun 27, 2023| 17:52 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्