शरद् ऋतु, नजिकिँदै गरेको नेपालीको दोस्रो ठूलो चाड तिहार । यतिबेला घरका गमला र रक्षानमा मात्र हैन, पाखाभरि ढकमक्क फुलेका अनेक थरी फूलको सौन्दर्यले प्रकृतिले धर्तीमा आफ्नो सुन्दर रूप देखाइदिएको आभास भएको छ हामी सबैलाई ।
फूलको सौन्दर्यमा रमाउँदा समग्र मानव मन पुलकित हुन्छ नै, घरपालुवा जनावर कुकुर, गाई र गोरुको गलामा लगाइने सत्रपत्रीका मालाले हाम्रो कृषि जीवन, जीवजन्तुप्रतिको प्रेम र सद्भावलाई अझ प्रगाढ बनाइदिन्छ ।
लक्ष्मीपूजाको झिलीमिली रातमा नानाथरीका पुष्पले धनकी देवी लक्ष्मीको पूजा गर्दाको सन्तुष्टिले हाम्रो परम्परालाई जीवितै राखेको स्पष्ट हुन्छ । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइका गलामा लगाइदिने मखमलीलगायतका माला दाजुभाइ र दिदीबहिनीको माया र सम्बन्धलाई चीरकालपर्यन्त दिगो राख्ने प्रतीक बनेका छन् ।
तिहारका अवसर पारेर विभिन्न व्यावसायिक संस्थाहरू विगत केही वर्षदेखि पुष्पमेला आयोजना गर्दै आएका छन् । यस्ता मेलाले फूलको महत्त्वलाई अझ बढाइदिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...