शुक्रबार, साउन २३, २०८२

इलामको बाह्रलाखेमा आगलागीबाट आठ घर जलेर नष्ट

 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet
Metro Mart

इलाम- इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन। स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन।

गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो। स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन।

रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

प्रकाशित: Jun 27, 2023| 20:21 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्