मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • कोसी प्रदेशका मन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

कोसी प्रदेशका मन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- न्यायाधीशले पैसा लिएर स्टे अर्डर जारी गरेको अभिव्यक्ति दिने कोसी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। उनीविरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले मुद्दा दायर गरेका हुन्।

मन्त्री राजभण्डारीले यही असार १० गते विराटनगरको एक निजी विद्यालयमा भएको कार्यक्रममा उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा आदेश गरेको आरोप लगाएका थिए। उनले न्यायाधीशलाई फटाहा र कलंकसमेत भनेका थिए।

न्यायाधीशको नाम नै किटान गरी संविधान र कानुनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि द्वेष र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदनमा गरिएको छ। मन्त्रीलाई १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ।

प्रकाशित: Jun 27, 2023| 17:22 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्