शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कञ्‍चनपुरका ९ स्थानीय तहले ल्याए बजेट, पूर्वाधारलाई प्राथमिकता

कञ्‍चनपुरका ९ स्थानीय तहले ल्याए बजेट, पूर्वाधारलाई प्राथमिकता

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

कञ्चनपुर- कञ्चनपुरका ९ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन्।

National life

भीमदत्त नगरपालिकाले कृषिमा हाम्रो उपज : हाम्रै प्रयोग भन्ने नारा अघि सारेको छ। यस्तै कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवसायिक कृषि खेतीलाई बढोत्तरी हुनेगरी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजीकरण गर्ने नीति लिएको छ।

नगरपालिकाले कृषि उत्पादनलाई अभिवृद्धि गर्न एक वडा एक उत्पादन को नीति अवलम्बन गरेको नगर प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए।

‘कृषकले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीतगृह र कृषि भण्डारण केन्द्र स्थापना गर्ने गरी बजेटको व्यवस्था मिलाएको छ,’ उनले भने, ‘शिक्षामा विद्यार्थीसँग मेयर कार्यक्रम र वडा वडामा निःशुल्क स्वास्थ्य शिविर गर्ने गर्ने व्यवस्था मिलाएका छौं।’

उनले जेहेन्दार विद्यार्थी छात्रवृत्ती कार्यक्रमअन्तर्गत नगर क्षेत्रका विद्यालयबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्थालाई मिलाएको बताए।

Shivam cement

‘संस्थागत विद्यालयबाट प्रदान गरिने गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाइका साथ लागू गरिने छ,’ उनले भने,’व्यावसायिक ज्ञान सीप प्रवर्द्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप बिस्तार गर्ने गरि बजेट विनियोजन गरिएको छ।’ उनले सामुदायिक विद्यालयमा हाम्रो विद्यालय, उत्कृष्ट विद्यालय अभियान सञ्चालन गरिने बताए।

यस्तै वेदकोट नगरपालिकाले समृद्ध वेदकोट नगरको आधार : कृषि, उद्योग, पर्यटन र पूर्वाधार भन्ने मूल नारा अबलम्बन गरेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। ‘शिक्षा,स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान केन्द्रीत गरेका छौं।’

नगरपालिकाका उपमेयर तुलशी जोशीले भने’नगर गौरवका योजनालाई प्राथमिकताका साथ अघि बढाउने छौ।’ यहाँको कृष्णपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा दिएको छ। ‘यस पटक हामीले स्थानीय स्रोत साधनलाई उपयोग गरेर शिक्षा,स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौं,’ मेयर हेमराज ओझाले भने,’सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने,सबै नागरिकलाई सर्व शुलभ स्वास्थ्य सेवा पुगाउँछौं।’

यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको मेयर रण महराको भनाइ छ।

‘बजेटमा नगर गौरवका योजना प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘नगरपालिकाको आन्तरिक आय कम छ संघबाट आउने रकम घटेर आएको छ।’ यस पटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको उनले बताए।

प्रकाशित: Jun 28, 2023| 05:21 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्