झापा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा सडक दुर्घटनामा परेर बाबुछोरीको ज्यान गएको छ।
शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र१–०२–००१क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको प्र१–०१–००च ७४८२ नम्बको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षीया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई–१० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह रहेका छन्।
उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ। परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।