काठमाडौं- भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक नेता र उनका भाइको गोली हानी हत्या भएको छ । जम्मु–कस्मिर पार्टी सचिव अनिल परिहार तथा उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको हो ।
बिहीबार राति आफ्नो निवास फर्किदै गर्दा किस्तवर जिल्लामा अज्ञात बन्दुकधारीले उनीहरु माथी गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुमाथी गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन।
घटनापछि जम्मुकस्मिरमा भारतीय जनता पार्टीका कार्यकर्ताले प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले हत्यारा तत्काल पत्ता लगाउन र कडा कारबाही गर्न माग गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले घटनाको छानविनका लागि उच्चस्तरिय समिति बनाउनु पर्नेमा जोड दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४