बिहीबार, साउन ७, २०८३

पीपीएल : पोखराले दियो धनगढीलाई १४५ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत घरेलु टोली पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४४ रन जोडेको हो । पोखराका लागि रोहित कुमार पौड्यालले ३१ रन जोडे । उनले २१ बल खेल्दै चार चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडे ।

रविन्द्र सिंहले २८ रन जोडे । उनले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २८ रन जोडेका हुन् । त्यस्तै आसिफ सेखले २३, रसिद खानले १५, कप्तान शरदले १४, मोहमद नाभिदले ११ रन जोड्न बाहेक अन्ये ब्याट्सम्यान धानगढी ब्लुजका बलर अगाडी खुलेर खेल्दन सकेनन् ।

धनगढीका लागि कमलसिंह ऐरीले चार विकेट लिए । पेटर ट्रेगो, डान लावरेन्स र रोबिन श्रेत्रीले समान एक एक विकेट लिए । प्ले अफमा स्थान बनाउन धनगढीलाई जित्नै पर्ने दबाब छ । 
४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ । पोखरालाई हराएर धनगढी शीर्ष तीनमा रहदै प्ले अफ पुग्नेछ । पराजित भएमा प्ले अफ सम्भावना निकै कम हुनेछ । 

यता, घरेलु समर्थकको साथ पाएको पोखरा तेस्रो जितको खोजीमा हुनेछ । ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ । यस खेलमा धनगढीलाई हराउन सके पोखराको प्ले अफ सम्भावना बलियो हुनेछ । पराजित भएमा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । धनगढीले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।