शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सर्लाहीका जनस्वास्थ्य निरीक्षकले १ करोड ३० लाख अवैध सम्पत्ति कमाएपछि मुद्दा

सर्लाहीका जनस्वास्थ्य निरीक्षकले १ करोड ३० लाख अवैध सम्पत्ति कमाएपछि मुद्दा

 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet

काठमाडौं- जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रको विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध १ करोड ३० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो।

मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने विषयमा परेको उजुरीमाथि छानबिन गर्दा १ करोड ३० लाखबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ।  मिश्र २०५७ असार ८ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए।

सो अवधिदेखि २०७८ कात्तिक २६ सम्मको अवधिमा उनको पारिश्रमिक, बचत, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, उनको नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्त रकम, दैनिक भ्रमण भत्ता, विभिन्न बैठक भत्ता, स्थानीय भत्ता, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बीमा परिपक्व भई प्राप्त रकमसमेत गरी १ करोड १३ लाखबराबरको आम्दानीको स्रोत खुलेको पाइएको छ।

जबकि सो अवधिभित्र जग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, घर निर्माण खर्च, शैक्षिक खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, सवारी साधन खरिद, सेयर खरिद, उद्योग व्यवसायमा लगानी गरी जम्मा २ करोड ४३ लाख रुपैयाँ खर्च देखिन्छ। स्रोत खुलेको आम्दानीको तुलनामा खर्चमा देखिएको बढी रकमलाई आयोगले स्रोत नखुलेको सम्पत्तिका रूपमा बिगो कायम गरी मिश्रविरुद्ध मुद्दा दायर गरेको हो।

मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्रको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

Metro Mart

 

प्रकाशित: Jun 27, 2023| 14:32 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्