शुक्रबार, असार ५, २०८३

'गौरीभक्त बाबा' ठगी आरोपमा पक्राउ

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन्। काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याएको हो।

National life

प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै ठगी गर्ने काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ। पीडितबाट उजुरी आउने क्रम जारी रहेकाले ठगी रकमको परिमाण बढ्ने प्रहरीले बताएको छ।

उनले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको छ। उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो।

 

प्रकाशित: Jun 27, 2023| 14:19 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्