शुक्रबार, असार ५, २०८३

बिहीबार सार्वजनिक विदा

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- सरकारले बकर ईदको अवसरमा यही असार १४ गते बिहीबार सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले आज सूचना जारी गरी विदा दिने निर्णय भएको जानकारी दिएको हो।

National life

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको ठूलो पर्व हो। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ।

 

प्रकाशित: Jun 27, 2023| 14:12 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्