शुक्रबार, साउन २३, २०८२

सवारी दुर्घटनामा आठ जनाको मृत्यु, करेन्ट लागेर चारको ज्यान गयो

 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet

काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्ला २४ घण्टामा भएका सडक दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। यसैगरी चारजनाको करेन्ट लागेर ज्यान गएको छ।

प्रहरीका अनुसार काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ संतुगलमा ग.१ ख ८५७४ नम्बरको बसले बा.प्र.०२-०३४ प १२४२ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-७ घर भएकी ४८ वर्षीया मेनुका ईटानीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली, घोडाघोडी नगरपालिका-१० स्थित सडकमा से.५ प ७५७८ नम्बरको मोटरसाइकल राँगा डलबमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-९ बस्ने २१ वर्षीय असिम राजबंशी र मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१० बस्ने २७ वर्षीय बिजेन्द्र चौधरी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये असिम राजबंशीको स्थानिय पहलमानपुर पोलिक्लिनिक हुँदै घोडाघोडी अस्पताल सुखडमा र बिजेन्द्र चौधरीको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। डलब र डलब चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-३ जुडिबजारमा ज.१ ह ४९७० नम्बरको टेम्पु सोमबार राति दुर्घटनमा हुँदा टेम्पुमा सवार गणेशमान चारनाथ नगरपालिका-१० बस्ने ४५ वर्षीया लोच्छो खातुनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय न्यू चारनाथ पोलीक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टेम्पुमा सवार अन्य ४ जना सामान्य उपचार पश्चात डिश्चार्ज भएका छन्। हाल फरार टेम्पु चालकको प्रहरीले खोजी गरिरहेको छ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ शान्तिचोकस्थित सडकमा कर्णाली प्रदेश ०२-००१ ख ०५७१ नम्बरको बसले लु.२९ प ८६८३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा स्कुटरमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Metro Mart

कञ्चनपुर, पुनर्वास नगरपालिका-५ सिमरीस्थित सडकमा सु.प.प्र. ०१-००क २२०० नम्बरको टिपरले से.४ प २२७१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक पुनर्वास नगरपालिका-५ सिमरी बस्ने ६२ वर्षीय मोतिलाल रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, शिवसताक्षी नगरपालिका-९ भालुखोलास्थित सडकमा प्र.१-०२-००१ क ३८७९ नम्बरको ट्रक र प्र १-०१-००च ७४८२ नम्बरको कार एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा कार चालक मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने ४५ वर्षीय गुरुचन चौधरीसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

करेन्टले चार जनाको मृत्यु
स्याङ्जा, विरुवा गाउँपालिका-७ बलेव बस्ने दल बहादुर गुरुङकी छोरी १० वर्षीया गीता गुरुङको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा चार्ज गर्ने प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो।

बर्दिया, मधुवन नगरपालिका-१ कैलाशी गाउँ बस्ने १९ वर्षीय सुदिप थारुको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ। सोही ठाउँस्थित आफ्नै दाजुको घरमा विद्युतको लाईन तान्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

रूपन्देही, गैडहवा गाउँपालिका-४ पोहवा बस्ने २८ वर्षीया उमिना पासिको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ। आफ्नै घरमा रहेको फलामको पाईपमा छुँदा करेन्ट लागेर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

जुम्ला, कनकासुन्दरी गाउँपालिका-८ समालगाँउ बस्ने १७ वर्षीया कर्मिला दमाईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ। सोही ठाउँस्थित खेतमा धान रोप्ने क्रममा लुड्कु लघु जलविद्युत आयोजनको विद्युतको जमिनमा लत्रिएको तारमा छुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्य भएको हो।

डुबेर मृत्यु
सिरहा, बरियारपट्टी गाउँपालिका-१ कचनारी टोल बस्ने सान्देव सदायको छोरा ७ वर्षीय अंकित सदायको आफ्नै घरदेखि ५ सय मिटर टाढा रहेको सार्वजनिक पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। डिलमा खेल्ने क्रममा पोखरीमा डुबेर घाइते भएका उनलाई उपचारका लागि भारततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

बर्दिया, बाँसगढी नगरपालिका-१ स्थित बबई नदीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम घर्तीको सोमबार साँझ मृत्यु भएको छ। खेत रोपी घरतर्फ फर्किने क्रममा बबई नदीमा नुहाउने क्रममा खुट्टा ढुङ्गामा अड्किएर डुब्दा गम्भीर घाइते भएका उनको मेडिकल  कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत फेला
सर्लाही, बरहथवा नगरपालिका-९ मुर्तिया बस्ने प्रेम बहादुर राना मगरको छोरा ५ वर्षीय अंकृत राना मगर आफ्नै घरदेखि ८ सय मिटर टाढा पानी जमेको खाल्टोमा सोमबारमृत अवस्थामा फेला परेका छन्।

दार्चुला, नौगाड गाउँपालिका-१ रङरङे बस्ने ५२ वर्षीय मान बहादुर बम सोही गाउँपालिका-२ खलपुजा धार भन्ने स्थानमा सोमबार मृत अवस्थामा फेला परेका छन्। घरबाट सदरमुकाम खलंगातर्फ जान्छु भनी हिँडेका उनी घर नफर्किएपछी खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो।

प्रकाशित: Jun 27, 2023| 13:19 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्